९ भदौ २०८३, मंगलबार

व्हाइट फेदर्सको अफर: डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



काठमाडौँ। काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका गहनामा विशेष अफर सार्वजनिक गरेको छ। जस अनुसार डायमण्ड मेगा अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशत छुट हुने ज्वेलरीले जनाएको छ। यी डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। जसमा रिंग, इयररिंग, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना उपलब्ध छन्।

ज्वेलरीका अनुसार ४० हजार रुपैयाँभन्दा माथिको तोकिएका डायमण्ड गहना खरिद गर्दा स्क्र्याच कुपन पाउन सकिन्छ। जसमा अधिकतम २ लाख रुपैयाँसम्म क्यासब्याक, निःशुल्क नेचुरल डायमण्ड नेकलेस सेट वा १ केजी सिल्भर बार जित्ने मौका छ।

सुनका गहना अन्तर्गत मेकिङ चार्ज ५.९९ प्रतिशतबाट सुरु हुने ज्वेलरीले जनाएको छ। १५ तोलाको ब्राइडल ज्वेलरी सेट खरिद गर्दा डायमण्ड रिंग निःशुल्क पाउनेछन् । तोकिएका २२ केरेट पोला रिंगमा ज्याला र जर्ती शुल्क लाग्ने छैन।

सिल्भर विशेष अफरमा सीमित रेडिमेड सिल्भर गहनामा ज्याला र जर्ती निःशुल्क रहेको  छ। सिल्भर रोडियम गहनामा ५० प्रतिशतसम्म र सिल्भर भाँडाकुँडाको मेकिङ चार्जमा ५० प्रतिशत छुट दिइएको छ। ज्वेलरीका अनुसार सिल्भर गहना ६ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। ७ लाख रुपैयाँको सिल्भर तथा डायमण्ड खरिदमा ५ ग्रामको सिल्भर सिक्का निःशुल्क दिईने छ।

कपल सेलिब्रेसन विशेषअन्तर्गत १ लाख ५० हजार रुपैयाँको सिल्भर वा डायमण्ड गहना खरिद गर्दा रोमान्टिक डिनर भाउचर पाउन सकिन्छ। जसमा ईएमआई सुविधा पनि उपलब्ध छ। अफर सीमित अवधिको र स्टक सीमित रहेको कम्पनीले जनाएको छ। इच्छुक ग्राहकले सामाजिक संजालमा ‘अफर’ लेखेर जवाफ पठाएमा पछिल्ला डिजाइन, मूल्य र लागू हुने अफरको विवरण पठाईने ज्वेलरीले जनाएको छ।