९ भदौ २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकको नाडा लक्षित गाडी कर्जा योजना, वेस रेटमा ० प्रतिशत ब्याजदर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजदेखी राजधानीको भृकुटी मण्डपमा जारी नाडा अटो सो लक्षित गर्दै ग्राहकहरूका लागि अटो लोन योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा उपलव्ध गराउने जनाएको छ ।

बैंकले यस योजना अन्तर्गत वेस रेटमा ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । नाडा आटो सो को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ ।

उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाडा अटो सो मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।