१० भदौ २०८३, बुधबार

सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मिट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित



काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सञ्चालित सीजी डिजिटल तथा एलजी ब्रान्डसप को वार्षिक ‘रिटेल एनुअल मिट २०८२/८३’ भदौ ५ गते काठमाडौंको बालकुमारीस्थित हर्षह बाटिकामा सम्पन्न भएको छ।

सीजी इलेक्ट्रोनिक्स का भाइस प्रेसिडेन्ट एस.सी. साबु को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।

हाल सीजी इलेक्ट्रोनिक्स अन्तर्गत देशभर २२ वटा सीजी डिजिटल शोरुम र ६ वटा एलजी ब्रान्डसप गरी कुल २८ वटा रिटेल आउटलेट सञ्चालनमा रहेका छन्। यी शोरुममार्फत २०० भन्दा बढी कर्मचारीहरूले ग्राहकलाई बिक्री, उत्पादनसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।

“वान टिम | वान भिजन | वान फ्युचर” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सीजी डिजिटल तथा एलजी ब्रान्डसप का विभिन्न शोरुमका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायिक उपलब्धि, रिटेल सञ्चालन, ग्राहक सेवा, भिजुअल मर्चेन्डाइजिङ तथा आगामी वर्षका योजना र लक्ष्यबारे छलफल गरिएको थियो।

सीजी इलेक्ट्रोनिक्स को रिटेल नेटवर्कमार्फत नेपाली उपभोक्तालाई होम अप्लाइन्सेस, होम इन्टरटेनमेन्ट तथा मोबाइल फोन का विविध विकल्प उपलब्ध गराइँदै आएको छ।

सीजी डिजिटल तथा एलजी ब्रान्डसप मा एलजी, सीजी, टीसीएल, गोदरेज, सीजी मेरिडिया, बेको, सेन्सेई, मिडिया, क्रम्प्टन, बर्ली, ब्ल्याक एन्ड डेकर, केन्ट, एलिका, गुड्सम्यान, नथिङ र मोटरोलार लगायतका विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डका उत्पादनहरू उपलब्ध छन्। टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, किचन तथा साना घरेलु उपकरणदेखि स्मार्टफोनसम्मका उत्पादनमार्फत कम्पनीले ग्राहकलाई एउटै रिटेल नेटवर्कबाट विस्तृत इलेक्ट्रोनिक्स विकल्प उपलब्ध गराउँदै आएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई रिटेल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो। बेस्ट भिजुअल मर्चेन्डाइजिङ शोरुम अवार्ड अन्तर्गत एलजी सप – चाबहिल र सीजी डिजिटल – वीरगन्ज सम्मानित भएका छन्। शोरुमको प्रस्तुति, उत्पादन डिस्प्ले तथा समग्र भिजुअल मर्चेन्डाइजिङमा उत्कृष्टता कायम गरेको आधारमा उक्त सम्मान प्रदान गरिएको हो। त्यस्तै, बेस्ट प्रोफिटेबल शोरुम Award अन्तर्गत एलजी सप – चाबहिल र सीजी डिजिटल – विशालनगर सम्मानित भएका छन्। उत्कृष्ट व्यावसायिक प्रदर्शन तथा नाफामूलक सञ्चालनमा हासिल गरेको उपलब्धिका आधारमा ती शोरुमहरूलाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा एस.सी. साबु, भाइस प्रेसिडेन्ट, सीजी इलेक्ट्रोनिक्स ले रिटेल व्यवसायको सफलतामा शोरुम टिम तथा सम्पूर्ण कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई बधाई दिएका थिए। साथै आगामी दिनमा ग्राहक अनुभव, सेवा गुणस्तर, रिटेल उत्कृष्टता तथा व्यावसायिक वृद्धिलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

वार्षिक भेटघाटले विभिन्न शोरुम तथा टिमबीच अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासको पहिचान तथा आगामी लक्ष्यप्रति साझा प्रतिबद्धता निर्माण गर्न सहयोग पुर्‍याएको सीजी इलेक्ट्रोनिक्स ले जनाएको छ।

सीजी इलेक्ट्रोनिक्स ले आगामी दिनमा पनि आफ्नो रिटेल नेटवर्कलाई थप प्रभावकारी बनाउँदै विभिन्न अग्रणी ब्रान्डका होम अप्लाइन्सेस, होम इन्टरटेनमेन्ट र मोबाइल फोन उत्पादनहरू सहज रूपमा उपलब्ध गराउने, ग्राहक अनुभवलाई थप सुदृढ बनाउने तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्यसहित अघि बढ्ने जनाएको छ।

साथै आगामी दिनमा सीजी इलेक्ट्रोनिक्स ले सीजी डिजिटल र एलजी ब्रान्डसप को रिटेल नेटवर्कलाई नेपालभर थप विस्तार गर्दै, देशका विभिन्न स्थानमा नयाँ स्टोर सञ्चालनमार्फत अझ धेरै ग्राहकसम्म पुग्ने योजना बनाएको छ। यस विस्तारसँगै ग्राहकलाई विविध ब्रान्डका गुणस्तरीय उत्पादन, सहज किनमेल अनुभव, उत्पादनसम्बन्धी उचित परामर्श तथा भरपर्दो सेवा एकै स्थानबाट उपलब्ध गराउँदै आधुनिक र ग्राहक–केन्द्रित रिटेल अनुभवलाई देशभर सुदृढ बनाउने लक्ष्य कम्पनीको रहेको छ।