बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क
काठमाडाैं । एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।
यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ । संचार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले एनसेलको यो पहलले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ ।
एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै कम्पनीले यो निर्णय आपतकालीन अवस्थामा संचार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ ।
















