११ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढी कहर: सुरक्षाकर्मीसहित ८२६ सम्पर्कविहिन, ४६६ जना विदेशी पर्यटक



काठमाडाैं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा विभिन्न स्थानबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहिन भएका छन्। प्राप्त विवरणअनुसार कुल सम्पर्क बिहिन हुनेकाे संख्या ८२६ जना रहेकाे छ।

बाढीमा सम्पर्क विहिन हुनेमा ४६६ जना विदेशी पर्यटक र ११३ जना नेपाली नागरिक रहेका छन् ।

यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना पनि सम्पर्क विहिन भएका छन् ।

विपत्का यी घटनाहरूमा परि हालसम्म १६५ जनाको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ। यसका साथै, बाढीपहिरोमा परी घाइते भएका ७३ जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच सरकारले खोजी, राहत तथा उद्धार कार्य थप तीव्र पारिएको छ।