११ भदौ २०८३, बिहिबार

लगातार तेस्रो दिन घट्यो सुन-चाँदीको मूल्य, सुन प्रतितोला १२ सयले सस्तियाे



काठमाडौं । लगातार तेस्राे दिन पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ।

आज सुन सुनकाे मूल्य ताेलामा १२ सय रुपैयाँले घटेको छ। यसअघि मंगलबार ताेलामा ५०० र बुधबार १०० रूपैयाँले घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि ताेलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।