एशियन लाइफद्वारा बाढीपीडितको सहयोगार्थ १ करोड प्रदान गर्ने घोषणा
काठमाडाैँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको भीषण बाढीका कारण विस्थापित भएका परिवारजनको राहत, पुनस्स्थापना तथा घाइतेको उद्धार र उपचारका लागि नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा महत्वपूर्ण आर्थिक सहयोगको घोषणा गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस विपद्को घडीमा पीडितहरूको पक्षमा उभिँदै एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रकृतिले निम्त्याएको यस विपद्को कठिन परिस्थितिमा शोकमा रहेका सम्पूर्ण पीडित परिवारजनप्रति गहिरो संवेदना प्रकट गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा कार्यरत आफ्ना कर्मचारीहरू र बीमितहरूको सकुशल अवस्थाको कामनासमेत गरिएको छ।
सरकारले स्थापना गरेको राहत कोषमार्फत जुटाइने यस सहयोगले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको पुनस्स्थापना र राहत वितरण कार्यमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस कठिन घडीमा सरकार र पीडित जनताको साथमा उभिन पाउनु संस्थागत दायित्व भएको जनाउँदै आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा सक्रियताका साथ सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।














