१२ भदौ २०८३, शुक्रबार

नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग



काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ ।

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग समयमै उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुन:स्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सार्थक योगदान पुर्‍याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको छ।

नेपाल एसबिआई बैंकले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।