१२ भदौ २०८३, शुक्रबार

रसुवा बाढी अपडेट : ३९३ शवको पहिचान हुन सकेन



काठमाडौं । बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले हालसम्म बाढी प्रभावित विभिन्न स्थानबाट ४८९ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको अझैसम्म सनाखत हुन सकेको छैन। खोज तथा उद्धारका क्रममा रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पश्चिम नवलपरासीबाट शव फेला परेका छन्।

फेला परेका शवलाई सम्बन्धित जिल्लाका साथै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवहरूको विवरण