१२ भदौ २०८३, शुक्रबार

राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने बुद्ध एयरको घोषणा, अन्यकाे हकमा साविककै दरमा हवाई भाडा



काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले बाढी पिडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ ।

राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णय अनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस्तै बुद्ध एयरले सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम गरिएको समेत स्पष्ट पारेकाे छ।

वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि सहज एवम् सुलभ (सस्तो) भाडादर उपलब्ध गराउन प्रतिबद्ध रहेकाे कम्पनीकाे भनाइ छ।

यदि कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा जानकारी गराउनु अनुराेध गर्दै कम्पनीले त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चाल्ने पनि स्पष्ट पारेकाे छ।