१४ भदौ २०८३, आइतबार

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग



काठमाडाैं । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग

काठमाडौँ। जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले गत भदाै १० गते आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड योगदान गरेको छ।

सरकारले गरिरहेको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन कम्पनीले उक्त रकम हीतान्तरण गरेकाे हाे ।

यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) प्रतिको प्रतिबद्धता तथा प्राकृतिक विपद्‌बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने नीतिकै एक हिस्सा भएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन घडीमा बाढी प्रभावितहरूप्रति ऐक्यबद्धता जनाउँदै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजलेले प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, प्रभावित तथा कष्ट भोगिरहेका सम्पूर्ण नागरिक एवं समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।