हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो नयाँ अध्यक्षका रूपमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत रहिसकेका छन्।
डा. अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेको अनुभव हासिल गरेका छन्। उनी नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। सोही रिक्त पदमा अर्याललाई नियुक्त गरिएको हो।













