बाढी-पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्म ज्योति समूहको एक करोड सहयोग
काठमाडौं । गत बुधबार आएको विनाशकारी बाढीपहिरो पीडितका लागि पद्म ज्योति समूहले १ कराेड रूपैयाँ आर्थिक सहयाेग गरेकाे छ।
बाढी-पहिरोबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको हाे।
प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो ।
विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनस्र्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।













