१४ भदौ २०८३, आइतबार

बाढी-पहिरो उद्धारमा विदेशी टोली: कुन देशबाट कति आए ?



काठमाडौं । गत भदाै १० गते आएकाे बाढी-पहिराेमा बेपत्ताहरूकाे खोजी तथा उद्धारमा सघाउन विभिन्न देशका विज्ञ टाेलिहरू नेपाल आएका छन् ।

विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदार तथा नागरिहरूकाे उद्धारमा सहयाेग गर्न भारत, चीन र दक्षिण कोरियाबाट विज्ञहरू नेपाल आएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राइले हाम्रा सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीहरूद्वारा स्थितिलाई प्रभावकारी रूपमा सम्हालिरहेकाे बताए ।

यस्तै उनले हाम्रा निकायहरूले सुरुङ उद्धारका लागि भारतबाट आएए ११ जना, चीनबाट आएका ९ जना र दक्षिण कोरियाका विशेष प्राविधिक टोलीहरूसँग मिलेर काम गरिरहेकाे जानकारी दिएका छन् ।

यसैगरी, मृत शरीरहरूको व्यवस्थापनका लागि एयरटाइट ब्यागहरू भारत र चीनबाट प्राप्त गरेको र थप ब्यागहरू पनि आउने क्रममा रहेकाे मन्त्रालयले जनाएकाे छ।

यस्तै डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोली पनि आइपुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढीमा हालसम्म ७८८ जनाकाे सब फेला परेकाे छ भने ३ हजार भन्दा बढी बेपत्ता छन् । यस्तै ८ हजार भन्दा बढीकाे उद्दार भइयसकेकाे छ।