रसुवा बाढी: २०० भन्दा बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि
काठमाडाैं । गत भदाै १० गते आएको बिनासकारी बाढीमा २०० भन्दा बढी विद्यार्थीहरू बेपत्ता भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार हालसम्म २०० भन्दा बढी विद्यार्थीहरू बेपत्ता भएकाे र खकरिब २० जना विद्यार्थीलाई बाढीले बगाएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
बाढीले कम्तीमा ९ वटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त पारेको छ भने अन्य ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षक र विद्यार्थीहरू समेत बेपत्ता भएको खबर प्राप्त भइरहेको छ।
सबैभन्दा धेरै क्षति रसुवा र नुवाकोट जिल्लाका विद्यालयहरूमा भएको छ। यी दुई जिल्लाका विद्यालयहरूमा २,४२५ जना विद्यार्थी अध्ययनरत थिए। बाढी र पहिरोका कारण यी क्षेत्रका धेरै विद्यालयहरू पानीमा डुबेका छन् वा पुरिएका छन्। एउटा विद्यालयको विद्यार्थी नै बोकेको बसलाई नै बाढीले बगाएको घटना पनि बाहिर आएको छ।













