वैश्विक बजारमा आउनुअघि चिनियाँ सडकमा गुड्न थाल्यो नयाँ एक्सपेङ मोना एल०५ एसयुभी
वैश्विक बजारमा सार्वजनिक हुनुअघि नै चिनियाँ बजारमा देखिएको एक्सपेङ मोना एल०५ एसयुभीले यसका आकर्षक विशेषता र दुईवटा पावरट्रेन विकल्पमार्फत सवारीप्रेमीहरूको ध्यान खिच्न सफल भएको छ।
काठमाडाैँ । ग्लोबल लन्च हुनुभन्दा अगाडि नै चीनमा “एक्सपेङ मोना एल ०५” विद्युतीय एसयुभी सडकमा देखिएको छ। यो ब्याट्रीबाट मात्र चल्ने (बीईभी) र रेन्ज-एक्सटेन्डेड (ईआरईभी) गरी दुई किसिमका पावरट्रेन विकल्पमा उपलब्ध साढे चार मिटरभन्दा लामो अर्थात् ४.८ मिटरको पाँचो सिटे गाडी हो।
एम०३ सेडान र एल०३ क्रसओभरपश्चात् ब्रान्डको आम उपभोक्ता लक्षित ‘मोना’ लाइनअप अन्तर्गत यो तेस्रो मोडलका रूपमा बजारमा प्रवेश गर्नेछ।
यसअघि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमार्फत एक्सपेङ मोना एल०५ का विवरण बाहिर आएका थिए। यो एक मध्यम आकारको मोडल हो, जसको लम्बाई ४८७० मिलिमिटर, चौडाइ १९३० मिलिमिटर र उचाइ १६३६ मिलिमिटर रहेको छ । यसको ह्विलबेस २९४० मिलिमिटर छ। बनोटका हिसाबले यो मोना सिरिजका अन्य मोडलहरूसँग मिल्दोजुल्दो छ।
एल०५ मा वाइ आकारका हेडलाइटहरू र ढल्केको बोनेटसहितको बन्द गरिएको अगाडिल्लो भाग (क्लोज्ड फ्रन्ट एन्ड) दिइएको छ।
यसका बाहिरी भागमा फ्लोटिङ वा तैरिरहेको जस्तो देखिने छानो र एकल टेललाइट युनिट समावेश छन्। यो गाडी २० इन्चको चक्कामा गुड्छ। बाटोमा देखिएको एल०५ गाडी चम्किलाे रङमा छ र यसमा पछाडि प्राइभेसी ग्लास जडान गरिएको छ।
एक्सपेङ मोना एल०५ को भित्री भाग अति नै सरल र न्यूनतम डिजाइनमा तयार पारिएको छ। यसको ड्यासबोर्डमा ठूलो स्क्रिन राखिएको छ। दुई स्पोक भएको अण्डाकार स्टेरिङ ह्विलको पछाडि गियर सिटर राखिएको छ। यसको सेन्टर टनेल वा मध्य भागको बनोट फजि कर्भ आकारको छ।
यसबाहेक ताररहित (वाइसलेस) फोन चार्जर, दुईवटा कप राख्ने ठाउँ र सामान राख्न मिल्ने फराकिलो खण्ड पनि छ। ढोकाका प्याडहरू पनि निकै सादा र आकर्षक ढङ्गले बनाइएका छन्।
इन्जिन क्षमता र पर्फर्मेन्स
यसअघि सार्वजनिक भएका सूचना अनुसार, पूर्ण रूपमा विद्युतीय एक्सपेङ मोना एल०५ को पछाडिल्लो एक्सलमा १८३ किलोवाट (२४५ हर्सपावर) क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। यो ७१.१ किलोवाट आवरको एलएफपी ब्याट्रीद्वारा सञ्चालित हुन्छ, जसले सीएलटिसी मापदण्ड अनुसार ६१५ देखि ६६० किलोमिटरको दूरी तय गर्न सक्ने दाबी गरिएकाे छ।
त्यस्तै, ईआरईभी परिमार्जन गरिएको मोडलमा पनि यही विद्युतीय मोटर प्रयोग गरिएको छ । जसमा ७० किलोवाट (९४ हर्सपावर) क्षमताको १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड इन्जिन पनि छ । यसको एलएफपी ब्याट्री क्षमता ३७.२ किलोवाट आवर रहेको छ र यसको विद्युतीय रेन्ज सीएलटिसी मापदण्ड अनुसार २३७ देखि २५३ किलोमिटरको बीचमा रहेको छ।
एक्सपेङ कम्पनीले विशेष गरी मोना सिरिजलाई ध्यानमा राख्दै आफ्नो गाडीहरूको विदेशमा हुने विकास र विस्तारलाई तीव्रता दिइरहेको छ। अटोमेकरले हालै मोना एल०३ एसयुभीको वैश्विक लन्च सम्पन्न गरेको छ, जसलाई एकैसाथ चीन र विश्वका अन्य भागमा भित्र्याइएको छ। चीनमा एक्सपेङ एल०३ को मूल्य १ लाख २३ हजार ८०० देखि १ लाख ५६ हजार ८०० युआन (करिब २७ लाख ७३ हजार २७२ रुपैयाँदेखि ३५ लाख १२ हजार ८३२ रुपैयाँ) रहेको छ।
एल०५ मोडल पनि छिट्टै वैश्विक बजारमा पुग्ने उच्च सम्भावना रहेको छ। चाइना इभी डाटा ट्र्याकरका अनुसार सन् २०२६ को पहिलो सत्रमा एक्सपेङको वैश्विक बिक्री १ लाख ६५ हजार ९७७ युनिट पुगेको छ, जुन गत वर्षको तुलनामा १५.८ प्रतिशतले कम हो।










