१५ भदौ २०८३, सोमबार

निर्जीवन बीमाकाे उच्च गिरावटले पछारियाे सेयर बजार, नेप्से ४४ अंकले घट्दा कारोबार ३.६४ अर्बमा सीमित



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजार भारी गिरावट आएको छ। गत सातादेखी निरन्तर घटेको सेयर बजार मापक नेप्से यस साताको पहिलो दिन पनि ४३.८९ अंकले घटेको हो

आज १.७१ प्रतिशत घटेर नेप्से परिसूचक २५ सय १३ दशमलव ४२ बिन्दुमा झरेको छ।

यसदिन नेप्सेसँगै कारोबार पनि घटेको छ। आज ३४७ कम्पनिको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रूपैयाँमा किनबेच भएको छ।

अघिल्लो कारोबार दिन गत बिहिबार ३४८ कम्पनिको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ३ अर्ब ७८ करोड ६४ लाख ५० हजार रूपैयाँमा किनबेच भएको थियो ।

आज उत्पादन तथा प्रशोधन बाहेक १३ वटै समुहको उपसूचकहरु राताम्य बनेका छन । यसदिन सबैभन्दा धेरै निर्जीवन बीमाका ५.०३ र अन्य समुहको उपसूचक ३.३० प्रतिशत घटेको छ। यस्तै हाइड्रोपावर २.९४, होटल तथा पर्यटन २.४४, जीवन बीमा १.९७, फाइनान्स १.४१, लगानी १.१९, माइक्रोफाइनान्स १.१४, व्यापार १.११, बैंकिङ र म्युच्युअल फण्ड समुहको उपसूचक समान १ प्रतिशतले घटेको छ।

आज २५३ वटा कम्पनीको सेयर मूल्य घटेकोमा २१ वटाको मात्र बढेको छ। यस्तै १३ वटाको स्थरि देखिएको छ। यसदिन उपकार लघुवित्तको सेयर मूल्य १३.१६ प्रतिशत बढेको छ भने यता मैलुङ खोला जलविद्ययुत कम्पनी १४.९८, रसुवागढी हाइड्रोपावर ११.७६, एमबीएल इक्युटी फण्ड १०.६२ र चिलिमे हाइड्रोपावरको सेयर मूल्य १०.४९ प्रशितले घटेको छ।