बाढीपीडितका लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङ्सद्वारा ११ लाख सहयोग घोषणा
काठमाडौँ। भाद्र १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ।
शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि १ सय १० घरधुरी परिवारलाई प्रति परिवार १ सय बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओ.पि.सि सिमेन्ट नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुन:स्थापना कार्यलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा. ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकम बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
शिवम् सिमेन्टले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन पुर्नस्थापना कार्यमा साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता गरेको छ।










