१५ भदौ २०८३, सोमबार

प्रधानमन्त्री उद्धार कोषमा सिप्रदी र भोटेकोशी पावरको ५ करोड १ लाख सहयोग



काठमाडाैं । सिप्रदी र भोटेकोशी पावर कम्पनीले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

विनाशकारी बाढीबाट प्रभावित समुदायहरूप्रति ऐक्यबद्धता जनाउँदै ग्रुपले उक्त ठूलो धनराशिको आर्थिक सहयोग कोषमा जम्मा गरेको हो।

यो सहयोग रकम बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य, घाइतेहरूको उपचार, पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा उपयोग हुनेछ।

यसैगरी, ग्रुपको सामाजिक उत्तरदायित्व (सीएसआर) हेर्ने शाखा ‘सिप्रदियन सहायता संस्था’ले प्रत्यक्ष रूपमा मैदानमै खटिएर प्रभावित परिवारहरूलाई खाद्यान्न, आवश्यक सामग्री तथा आधारभूत आवश्यकताका वस्तुहरू तत्काल उपलब्ध गराउँदै आएको छ।

विपद्को यस कठिन घडीमा ‘हामी नेपालको साथमा छौँ’ भन्ने मूल भावका साथ राहत कार्यलाई अगाडि बढाइएको कम्पनीले जनाएको छ।