पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता
काठमाडौँ। पोखरा फाइनान्स र स्टार बोस कफी बीच पोखरा फाइनान्सका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात् पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरुले स्टार बोस कफीको काठमाडौं उपत्यका भित्र रहेका आउटलेटहरुमा विशेष छुट प्राप्त गर्नेछन्।
कफी बोसबाट प्रदान गरिने सम्पूर्ण पदार्थहरुमा १० प्रतिशत छुट पाइने फाइनान्सले जनाएको छ । फाइनान्सका ग्राहकहरुलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरुलाई थप सेवा सुवधा प्रदान गर्न यो सहकार्य गरिएको बताइएको छ।
ग्राहकले बिल भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन् । आगामी दिनहरूमा पनि ग्राहकहरूको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यहरूलाई निरन्तरता दिने फाइनान्सले जनाएको छ ।
पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।










