१६ भदौ २०८३, मंगलबार

बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५१ लाख सहयाेग



काठमाडौं । नेशनल लाईफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु. १ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको हो ।

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गरेको छ ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै नेशनल लाईफले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरेको छ ।