१७ भदौ २०८३, बुधबार

लगातार ६ दिनको गिरावटपछि सम्हालियाे सेयर बजार, नेप्से ९ अंकले बढ्दा काराेबार भने २ अर्ब ९० करोडमा सीमित



काठमाडौं। पछिल्लो ६ कारोबार दिनदेखि सेयर बजार आज सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५ सय २२ दशमलव ६६ अंक विन्दुमा आइपुगेको छ ।

आज उत्पादन तथा प्रशोधन समुहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी १२ वटै उपसूचकमा हरियाली छाएकाे छ। यसदिन हाइड्राेपावर सर्वाधिक १.०१ प्रतिशतले बढेकाे छ।

नेप्से परिसूचक बढे पनि आज काराेबार भने बढ्न सकेन। यसदिन ३४१ कम्पनीकाे ७६ लाख १३ हजार कित्ता सेयर २ अर्ब ९० करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।

हिजाे ३४७ कम्पनिको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रूपैयाँमा किनबेच भएको थियाे।

आज १८१ कम्पनीकाे सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

माथिल्लो मैलुन खोला जलविद्युतको ७.१५ प्रतिशत, एमबीएल इक्विटी फण्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युतको ३.८१ प्रतिशत, मन्छियम हाइड्रोपावरको ३.६९ प्रतिशतले सेयर मूल्य बढेको छ । यता उपकार लघुवित्तकाे सेयर मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेकाे छ।