भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा मातृभूमि लघुवित्तद्वारा ५ लाख सहयोग
काठमाडाैं ।गत भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिकाे उद्दार तथा पुनर्स्थापनामा सहयाेग स्वरूप मातृभूमि लघुवित्तले ५ लाख रूपैयाँ सहयाेग गरेकाे छ।
संकटको यस घडिमा राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरुले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सहयोग स्वरूप उक्त रकम प्रदान गरेको हाे।
देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाे छ।
बाढी पहिराेमा सम्पर्क बिहिन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनका परिवारका सदश्यले व्यहोर्नु परेको पिडाप्रति गहिरो सहानुभूति प्रकट गरेकाे छ।










