१७ भदौ २०८३, बुधबार

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍याे १० प्रतिशत लाभांश, नगद कति ?



काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १७ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ६ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ भने ४ प्रतिशत बोनस शेयर रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।