१७ भदौ २०८३, बुधबार

एकैदिन ८ हजार ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । हिजाे ताेलामा ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।

सुनकाे भाउ गत सातादेखि निरन्तर घट्दाे क्रममा रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज नेपाली बजारमा चाँदीकाे भाउ प्रतितोला १८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।