सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारतर्फ सेयर बजारमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ४.६६ अंकले उकालो लाग्दै २,५४२.७७ विन्दुमा पुगेको हो।
आजको कारोबारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बजारमा कारोबार भएका कम्पनीमध्ये १४५ वटाको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १२३ कम्पनीको मूल्य घट्दा १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
बढ्ने कम्पनीतर्फ वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले उकालो लागेको छ। त्यसपछि चिरखुवा हाइड्रोपावर ८.५६ प्रतिशत, आशा लघुवित्त ८.२९ प्रतिशत, माया खोला हाइड्रोपावर ७.८४ प्रतिशत र माउन्ट एभरेष्ट पावर ६.४५ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।












