नेशनल लघुवित्तद्धारा बाढी प्रभावितहरुका लागि ७० लाख रुपैयाँ सहयोग
काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्थाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
हालैको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेशनल लघुवित्त वित्तीय संस्थाले गहिरो दुख पनि व्यक्त गरेको छ।
संस्थाले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै उद्धार र राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयंसेवक र सहयोगीहरूप्रति आभार समेत व्यक्त गरेको छ।












