सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २५ सय रुपैयाँले महँगिएको हो।
महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।












