२१ भदौ २०८३, आइतबार

हिमालयन ८०–२० योजनाले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश



काठमाडौं । हिमालयन बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड, योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८२/०८३ मा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

योजना व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडको भदौ १७ गते सांझ ४ बजे बसेको ८१औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट योजनाका ईकाइधनीहरुलाई कर सहित १५ प्रतिशतको दरले हुन आउने रु १५ करोड रुपयाँ प्रतिफलको रुपमा वितरण गर्ने निर्णय गरेको हो ।

निकट भविष्यमा खुल्लामुखी योजना संचालनमा ल्याउने तयारीमा रहेको हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले लगानीकर्ताहरु समक्ष लगानीको एक उत्कृष्ट अवसरको रूपमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ।