२१ भदौ २०८३, आइतबार

बाढीपीडितको राहतका लागि सोनापुर सिमेन्ट र शुभ्म हेल्थ केयरको १ करोड ५ लाख सहयाेग



काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर आयल एण्ड मिनरल लिमिटेड (सोना सिमेन्ट) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

बाढी पीडितहरुको राहत उद्धार तथा पुनस्र्थापनाका लागि सरकारसँग हातेमालो गर्न कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर ४ लाख ९१ हजार रुपैयाँ समेत राहत कोषमा सहयोग गरेका छन् ।
सोनापुर आयल एण्ड मिनरल लिमिटेडका म्यानेजिङ डाइरेक्टर निपेश तायल लगायतका प्रतिनिधिले आज संयुक्त रूपमा उक्त सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उनकै कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

यसै बीच, शुभ्म हेल्थ केयर प्रोडकस् प्रालिमा डाइरेक्टर समेत रहेका निपेश तायल यस कम्पनिबाट पनि ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।

सोनापुर आयल एण्ड मिनरल लिमिटेडको ५१ लाख, कर्मचारीको ४ लाख ९१ हजार तथा शुभ्म हेल्थ केयर प्रोडकस् प्रालिबाट ५० लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग भएको हो ।