दुई महिनाका लागि बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा भएकाे तरलता व्यस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ।
निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले २ महिनाका लागि ३५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेकाे हाे ।
राष्ट्र बैंकका अनुसार आज भदौ २२ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ भने यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यो ६० दिने निक्षेप संकलन उपकरणको आउँदो कात्तिक २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।












