प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको ५ लाख सहयोग
काठमाडाैं । धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रूपैयाँ १७ हजार ५ सय रूपैयाँ जम्मा गरेकाे छ ।
गत भदौ १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको सहयोगार्थ काठमाडौं, सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले उक्त रकम उद्धार कोषमा जम्मा गरेको हो।
कुल सहयोग रकममध्ये संस्थाको तर्फबाट पाँच लाख रूपैयाँ र बाँकी १७ हजार ५ सय रूपैयाँ संस्थाका सञ्चालकहरूको व्यक्तिगत योगदानबाट सङ्कलन गरी जम्मा गरिएको संस्थाले जनाएको छ।
सहकारीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा अहोरात्र खटिने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।












