२५ भदौ २०८३, बिहिबार

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइफाइ सोलुसन



काठमाडौं । नेपालकै पहिलो म्यानेज्ड वाइफाइ सोलुसन – बिज२४ अब नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय गर्ने ग्राहकहरूका लागि उपलब्ध गराएको छ।

साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट बिज २४ तयार पारिएको हो। यो व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो वाइफाइ कभरेज सुनिश्चित गर्न तथा आफ्नो वाइफाइ नेटवर्कलाई क्लाउड मार्फत व्यवस्थापन गर्न सकिने नेटवर्क सोलुसन हो। यसमा ग्राहकका समस्या छिटो समाधान गर्न प्रायोरिटी सपोर्ट सेवा समेत उपलब्ध गराइनेछ।

वर्ल्डलिंक कम्युनिकेसन्सका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसायहरू अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहँदै आएका छन्। यसका कारण कार्यालय वा व्यवसायिक परिसरका केही स्थानमा वाइफाइ सिग्नल नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेट कनेक्सनमा समस्या आउने तथा नेटवर्कमा के भइरहेको छ भन्नेबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

“यिनै चुनौतीहरूको सोलुसनको रूपमा बिज२४ ल्याइएको हो। यसले व्यवसायहरूलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ,” राजभण्डारीले भन्नुभयो।

“क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो वा कोवर्किङ अफिसजस्ता विभिन्न व्यवसायका आवश्यकतालाई ध्यानमा राखी बिज२४ डिजाइन गरिएको छ।”

बिज २४ का मुख्य विशेषताहरू

कार्यक्षेत्रभरि म्यानेज्ड वाइफाइ

बिज२४ ले व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो वाइफाइ कभरेज सुनिश्चित हुने नेटवर्क निर्माण गर्न सहयोग गर्छ। कुनै एक स्थानमा राखिएको एउटै राउटरमा मात्र निर्भर हुनुको सट्टा, बिज२४ ले प्रत्येक व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त वाइफाइ सोलुसनको योजना तथा सुझाव प्रदान गर्छ।

प्रायोरिटी सपोर्ट

व्यवसायहरू इन्टरनेट सेवामा प्रत्यक्ष निर्भर हुने भएकाले इन्टरनेट अवरोधबाट व्यवसाय सञ्चालन प्रभावित हुन सक्छ। यसलाई ध्यानमा राख्दै बिज२४ ग्राहकहरूलाई द्रुत तथा प्राथमिकतायुक्त सहयोग सेवा उपलब्ध गराउँछ।

यसका लागि ०१-५९७००४० मा सम्पर्क गरी ग्राहकहरूले तत्काल सहायता प्राप्त गर्न सक्नेछन्।

व्यवसायका लागि भरपर्दो र विस्तारयोग्य कनेक्टिभिटी

बिज२४ व्यवसायिक परिसरमा उच्च गतिको वाइफाइ प्रदान गर्छ, जसले व्यवसाय र कर्मचारीहरूको संख्या तथा आवश्यकता बढ्दै जाँदा नेटवर्कलाई पनि सोहीअनुसार विस्तार गर्न सहज बनाउँछ।

साथै, बिज२४ मा पब्लिक स्टाटिक आइपी समेत उपलब्ध हुन्छ, जुन सिसिटिभी, विभिन्न सफ्टवेयर तथा अन्य आइटी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्न सक्छ।

सेवा तथा उपलब्धता

बिज२४ राइज, ग्रो र प्रो गरी तीनवटा विशेष रूपमा तयार गरिएका तहहरूमा उपलब्ध छ, जसमा २०० एमबिपिएस देखि १ जिबिपिएस सम्मको उच्च गतिको इन्टरनेट कनेक्टिभिटी प्रदान गरिन्छ। व्यवसायको विकासका विभिन्न चरणमा रहेका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएको बिज२४ ले मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, को-वर्किङ स्पेस तथा मध्यम आकारका व्यवसायहरूका लागि भरपर्दो र विस्तार गर्न सकिने कनेक्टिभिटी सोलुसन प्रदान गर्दछ।

बिज २४ को वार्षिक मूल्य रु. ३०,००० (१३% भ्याट बाहेक) बाट सुरु हुन्छ। सबै बिज२४ बिजनेस-ग्रेड राउटर, पब्लिक स्टाटिक आइपी र प्रायोरिटी सपोर्ट समावेश छन्। बिज२४ सेवा नयाँ तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध रहेको छ।