२५ भदौ २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी समझदारी(पत्रमा हस्ताक्षर भएको छ ।

बिहिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित एक कार्यक्रमका बीच सो समझदारी(पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी(पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरे ।

समझदारी(पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीहरुका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ । यसबाट संस्थानका कर्मचारीहरु लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

समझदारी-पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतद्वयस् विनय रमण पौडेल र पवन रेग्मी, उप-कार्यकारी अधिकृतहरु दुर्गा कुमारी कंडेल, राम कुमार थापा र निम्बल श्रेष्ठ, बैंकको ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याल, सांस्कृतिक संस्थानका प्रशासकिय अधिकृत शुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी।सी। लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

विसं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु तथा ३३८ एटिएम् टर्मिनल मार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।