२६ भदौ २०८३, शुक्रबार

बुद्ध रिजेन्सीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल



काठमाडौं । नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्मोग प्रति समर्पित सिद्धार्थनगर, लुम्बिनीमा अवस्थित पाँच तारे स्तरको होटेल बुद्ध रिजेन्सीले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

कम्पनीले रु.१०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेकोे छ ।

उक्त शेयर निष्काशनका लागि बुद्ध रिजेन्सीको तर्फवाट संचालक सुनिल अग्रवाल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सम्झौता भएको छ ।

बुद्ध रिजेन्सी होटल नेपालको सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा आएको एक उत्कृष्ट ५–तारे लक्जरी होटल हो । यस होटेलले ’विन्डहम होटल्स एण्ड रिसोट्र्स’ सँग साझेदारी गरी ’रामाडा बाइ विन्डहम’ ब्रान्ड अन्तर्गत सेवा प्रदान गरिरहेको छ ।
यस होटलमा पूर्ण आरामदायी अनुभवका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधायुक्त कोठाहरू उपलब्ध छन् । ’डेस्टिनेसन वेडिङ’ (विवाह समारोह) का लागि ठूला भव्य बैंक्वेट हलहरू र कर्पोरेट सम्मेलनका लागि दुईवटा समर्पित हलहरू छन् ।