अर्थमन्त्री स्वर्णिम वाग्लेकाे ‘मानवीय मामिला’ सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकाे ‘मानवीय मामिला’ सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त भएका छन् ।
भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।
भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उहाँहरू नियुक्त गरिएको हो ।
पराजुलीको संयुक्त राष्ट्र संघ (युएन) मा लामो र गहन अनुभव रहेको छ। उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ।
विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।












