ओरिएण्टल इन्स्योरेन्स कम्पनीको ८०औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना
काठमाडाैं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको ८० औं स्थापना दिवसको अवसरमा आज भादाै २७ गते आफनै कार्यालय परिसर डिल्लीबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
जसमा विभिन्न व्यक्ति, कम्पनीका ग्राहकहरु, समाजसेवीहरु तथा कार्यालयका कर्मचारीहरुको उल्लेख्य संख्यामा सहभागिता थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा अतिथिको रुपमा त्रिबि लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रका अध्यक्ष राजेन्द्र गिरी तथा १८७ पटक रक्रदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजमा आवद्ध स्वंसेवक प्रेम सागर कर्माचार्यको पनि उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तिले समाजमा उपचारको क्रममा आबश्यक भईरहने रक्त अभावको समस्यालाई थोरै भए पनि सम्बोधन गर्ने हाम्रो यो सानो प्रयास भएको बताए।
साथै उनले उल्लेख्य सहभागिताबाट आफु उत्साहित भएको र भविष्यमा पनि यस्ता सामाजिक कार्यहरु नियमित रुपमा आयोजना गर्दै जाने जानकारी दिए । कार्यक्रम सफल पार्न सहभागिता जनाउने सबै सहभागीहरुलाई समेत उनले धन्यवाद व्यक्त गरे ।












