भिभोको भि८० लाईट नेपाली बजारमा सार्वजनिक
काठमाडौँ। भिभोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन भिभो भि८० लाईट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन सहज ग्रिपका लागि डिजाइन गरिएको कभ्र्ड डिजाइन, शक्तिशाली अल–डे ब्याट्री, स्मूथ टर्बो पर्फमेन्स र १.५के अल्ट्रा इमर्सिभ डिस्प्लेको संयोजनका साथ आएको हो।
“स्ले एभरी एज” को बोल्ड डिजाइन अवधारणामा आधारित भिभो भि८० लाईटले फ्लोइङ कर्भ, सहज ग्रिप र परिष्कृत सौन्दर्यका साथ स्मार्टफोन अनुभवलाई नयाँ रूप दिएको छ । यसको इजी–ग्रिप कभ्र्ड डिस्प्लेमा रहेकोे ३ डि डुअल–कभ्र्ड स्क्रिन हातको आकारसँग स्वाभाविक रूपमा मिल्ने गरी डिजाइन गरिएको छ, जसले लामो समयसम्म स्मार्टफोन प्रयोग गर्दा पनि थप आरामदायी अनुभव प्रदान गर्छ।
यस एर्गोनोमिक डिजाइनलाई अल्ट्रा–स्लिम युनिबडी डिजाइनले पूरक बनाएको छ, जसमा शक्तिशाली ७०५० एमएएच अल–डे ब्याट्री रहेको छ। यसले ३३ घण्टासम्म भिडियो प्लेब्याक र १२.१ घण्टासम्म मोबाइल गेमिङ क्षमता प्रदान गर्न सक्छ । यो स्मार्टफोन मिडियाटेक डाईमेनसिटी ७३६०–टर्बो चिपसेटद्वारा सञ्चालित छ, जुन ४ एनएम प्रक्रियामा निर्मित छ।
यसमा १६ जीबीसम्मको एक्सटेन्डेड र्यामको सुविधा रहेको छ, जसले मल्टिटास्किङलाई अझ स्मूथ र प्रभावकारी बनाउँछ । साथै, भिभो भि८० लाईटले ५० महिनासम्म स्मूथ अनुभव प्रदान गर्नुका साथै ३ जेनेरेसन ओएस अपग्रेड र ५ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँछ, जसले दीर्घकालीन पर्फमेन्स र विश्वसनीयतालाई थप मजबुत बनाउँछ । यसको स्मूथ प्रोसेसिङ पावरलाई पूर्णता दिन भिभो भि८० लाईटमा १.५के अल्ट्रा इमर्सिभ डिस्प्ले रहेको छ। यसले भिडियो, गेमिङ, तस्बिर तथा दैनिक कन्टेन्ट हेर्दा प्रयोगकर्तालाई अझ स्पष्ट, जीवन्त र विस्तृत दृश्य अनुभव प्रदान गर्छ।
फोटोग्राफीका लागि भिभो भि८० लाईटमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा रहेको छ, जसले ग्रुप सेल्फीमा धेरै व्यक्तिलाई सहज रूपमा समेट्नुका साथै अनुहारका प्राकृतिक विवरणलाई कायम राख्दै फराकिलो फ्रेममा यादगार क्षणहरू कैद गर्न सहयोग गर्छ । त्यसैगरी, कम प्रकाशमा पोट्र्रेट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन ५० मेगापिक्सेल क्लियर नाइट पोट्र्रेट क्यामेरा रहेको छ, जसले रातको समयमा तथा कम प्रकाश भएको वातावरणमा समेत स्पष्ट र आकर्षक पोट्र्रेट खिच्न सहयोग गर्छ ।
भिभो भि८० लाईट आजैदेखि नेपालभरका अधिकृत भिभो रिटेल स्टोरहरूमा दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ। ८ + १२८ जीबीको मूल्य रु. ६३ हजार ९९९ रहेको छ भने ८ + २५६ जीबीको मूल्य रु. ७३ हजार ९९९ रहेको छ। विशेष लन्च अफरअन्तर्गत भिभो भि८० लाईट खरिद गर्ने पहिलो १,६०० ग्राहकले भिभो वड्स एअर थ्री नि:शुल्क प्राप्त गर्नेछन्।












