३० भदौ २०८३, मंगलबार

कमला नदीमा जलसतह बढ्यो, सिन्धुलीका तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी



काठमाडाैँ । सिन्धुलीको रानीबासस्थित जलमापन केन्द्रमा कमला नदीको जलसतहले सतर्कता तह पार गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको छ।

महाशाखाले सिन्धुली जिल्लाका तल्लो तटीय क्षेत्र तथा बाढीको उच्च जोखिम र डुबान भइरहने क्षेत्रका बासिन्दालाई बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नदीको सतह लगातार बढिरहेकाले सम्भावित दुर्घटनाबाट बच्न र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पनि सचेत गराएका छन्।