१ आश्विन २०८३, बिहिबार

बैंकिङ प्रणालीमा अधिक तरलताको चाप: भदौमा मात्रै राष्ट्र बैंकले खिच्यो साढे ४ खर्ब बढी निक्षेप



काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामा मात्रै बैंकिङ प्रणालीबाट साढे ४ खर्ब रूपैयाँ बढी निक्षेप तानेको छ।

राष्ट्र बैंकले भदाै भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म ९ पटकमा ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन प्रशाेचन गरेकाे हाे ।

अर्थतन्त्रमा देखिएको सुस्तता र कर्जा मागमा आएको शिथिलताका कारण प्रणालीमा अधिक तरलताको अधिक चाप निरन्तर बढ्दै गएको छ।

यसरी बजारमा अत्यधिक पुँजी थुप्रिँदा ब्याजदरमा अनावश्यक दबाब पर्ने र वित्तीय बजार असन्तुलित हुने जोखिम रहन्छ। सोही जोखिमलाई रोक्न र बजारको ब्याजदरलाई वाञ्छित सीमाभित्र सन्तुलनमा राख्न राष्ट्र बैंकले यस्ताे कदम चालेकाे हाे ।

भदौ महिनामा गरिएको यो तरलता व्यवस्थापनअन्तर्गत भदौ ३ गते ३५ अर्बको ६ महिने, भदौ ५ गते ८५ अर्बको ६ महिने, भदौ १० गते ९० अर्बको ४ महिने र भदौ १५ गते २० अर्बको ३ महिने निक्षेप संकलन गरिएको थियो।

यसैगरी, भदौ १८ गते १८ अर्बको ३ महिने, भदौ २२ गते ३५ अर्बको २ महिने, भदौ २४ गते ५५ अर्बको २ महिने, भदौ २६ गते ७० अर्बको २ महिने र अन्तिममा भदौ ३१ गते ६० अर्ब रुपैयाँको १ महिने निक्षेप संकलन गरी केन्द्रीय बैंकले १ महिनादेखि ६ महिनासम्मका अल्पकालीन तथा मध्यमकालीन उपकरणमार्फत निक्षेप संकलन गरेकाे हाे ।