मुक्तिनाथ फाउन्डेसनद्वारा पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं। मुक्तिनाथ फाउन्डेसनको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन गरिएको छ।
सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गर्दै सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित गैरनाफामूलक यस संस्थाले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, विन्द्यवासिनी म्यूजिक प्रा.लि तथा एम एन हस्पिटल समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो ।
वि.सं. २०७८ असोज १ गते दर्ता भएको फाउन्डेसनले लक्षित वर्गका व्यक्ति तथा समुदायको सशक्तीकरणका लागि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो।












