शुक्रबार एकैदिन तोलामा ३,६०० रुपैयाँले बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। हिजाे प्रतिताेला २ हजार ३०० रुपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन ३ हजार ६०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला ३ लाख ३ हजार ३०० रूपैयाँ ताेकिएकाे छ।
हिजाे आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ९९ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।














