सिप्रदी यात्रीद्वारा नेपालमै निर्मित स्कुटर यात्री पी २ को मूल्य सार्वजनिक
काठमाडौं। सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पी २ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ।
नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी २ केवल शहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन। उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा राख्द पी २ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ।
पी २ को सुरुवाती मूल्य रु. ३,२९,९०० रहेको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री क्षमता, रङ्ग तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्नेछन्।
नेपालको सडकका लागि इन्जिनियरिङ्ग गरिएको पी २ को मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ्ग अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको छ। यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ। साथै, एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ ।
पी २ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ । डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्छ ।
फरक आवश्यकता अनुसार तीन ब्याट्री विकल्प पी २ मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्:
३.० किलोवाट आवर ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्मको रेन्ज
३.७ किलोवाट आवर ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्मको रेन्ज
५.२ किलोवाट आवर ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्मको रेन्ज
थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याक मार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ । पी २ का ब्याट्री सिस्टमहरू विशेष रूपमा यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको छ । पी २ मा उद्योगकै अग्रणीमध्ये एक मानिने ८ वर्ष वा ८०,००० कि मि सम्मको ब्याट्री वारेन्टी उपलब्ध छ, जसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वासलाई थप मजबुत बनाउने यात्रीको उद्देश्यलाई प्रतिबिम्बित गर्छ।
दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको चार्जिङ
पी २ मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ, जसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु पर्दैन । ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ। लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पी २ ले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ। तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ । शहरबाहिर यात्रा गर्ने पी २ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ्ग नेटवर्क विस्तार गर्दैछ ।
राइडर र कनेक्टेड राईडिङ प्रविधी
पी २ ले प्रविधिमा केन्द्रित राइडिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले ७–इन्च टिएफटि डिस्प्ले उपलब्ध गराएको छ, जसमा वायरलेस एप्पल कारप्ले र ब्लमचयष्म ब्गतय को सुविधा पनि समावेश छ। डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङ्ग सम्बन्धी जानकारी हेर्न सकिन्छ। साथै, इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा उपलब्ध गराउँछन्।
पी २ को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटरमा फोर जी कनेक्टिभिटी प्रयोग गरी यात्रीको नेटवर्कसँग जोडिइरहन्छ । यसको मोबाइल एपमार्फत ग्राहकले लाइभ भेहिकल ट्र्याकिङ्ग, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ्ग र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्छन् । स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधि पनि रहेको छ, जसले चाबीबिना स्कुटर चलाउने सुविधा प्रदान गर्छ।
सहज र आरामदायी राइडिङ्गका लागि डिजाइन
पी २ मा विभिन्न सडक तथा राइडिङ्ग अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ्ग मोड, स्मार्ट चार्जिङ्ग मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्। बारम्बार रोकिनुपर्ने शहरको ट्राफिक तथा लामो यात्राका क्रममा यसमा रहेको हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधाले दैनिक यात्रा अझ सहज बनाउन सहयोग गर्छन्। रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा स्कुटरको केही ऊर्जालाई पुन: विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्छ।
सुरक्षालाई प्लेटफर्ममै प्राथमिकता
पी २ मा क्लास डी हेडलाम्प जस्ता सुविधाहरू छन्, जसले अझ प्रभावकारी प्रकाश प्रदान गर्न डिजाइन गरिएको छ । त्यस्तै, रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिन्छ । कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध छन्, जसले स्कुटर पार्क गरेर राखिएको अवस्थामा थप सुरक्षा प्रदान गर्छ।
पी २ लाई ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार आफूअनुकूल बनाउन सक्ने गरी डिजाइन गरिएको छ। अनलाइन कन्फिगुरेटर मार्फत ग्राहकले स्कुटरको रङ्ग, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्छन्। कन्फिगुरेटरमार्फत ग्राहकले आफूलाई मनपर्ने पी २ को कन्फिगरेसन तयार गरी अर्डर गर्नुअघि नै त्यसको अनुभव र विकल्पहरू हेर्न सक्छन्।
एक्सपेरियन्स सेन्टर र डेलिभरी
काठमाडौंको टेकुमा रहेका सिप्रदीे यात्रीको नयाँ एक्सपिरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउने तयारीमा छ । यहाँ ग्राहकले पी २ लाई प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन् ।
नाडा अटो सोका क्रममा पी २ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइनेछ । ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तय गरिएको छ भने अरु सबै भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने तालिका रहेको छ ।
यहीँ जन्मिएको, विश्वका लागि तयार
पी २, सिप्रदी यात्री कम्पनीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम हो । यसमा भेहिकल इन्जिनियरिङ्ग, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ ।
पी २ मार्फत नेपालमै विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ्ग गर्न सकिन्छ भन्ने देखाउँदै, विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमतासमेत समेट्न सकिने सिप्रदी यात्रीको उद्देश्य छ ।














