राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
काठमाडौँ। राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार उनलाई आइतबार बेलबारीबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी परेको छैन। पछिल्लो समय उनी बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटुवालले जानकारी दिए। दाहाललाई पक्राउ गर्न साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको बताइएको छ।














