६ आश्विन २०८३, मंगलबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि उपप्रधान एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा भाग लिन मङ्गलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरे। आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। भ्रमण पूरा गरी प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।