नेप्से र कारोबार रकम दुवैमा वृद्धि, नेप्से २६५१ बिन्दुमा पुग्यो
काठमाडाैं । मंगलबार सेयर बजार सामान्य अंकले बढेकाे छ। आज सेयर बजार मापक नेप्से परिसूचक ७.०६ अंकले बढेर २६ सय ५१ दशमलव २४ बिन्दुमा राेकिएकाे छ।
नेप्सेसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ। आज ३५६ कम्पनीकाे २ कराेड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ कराेड ३ लाख ९८ हजार रूपैयाँमा काराेबार भएकाे छ।
अघिल्लाे काराेबार दिन गत शुक्रबार २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स समुहका उपसूचब बढेका छन् भने अन्य समुहको उपसस्ूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ। बाँकी उपसूचकहरू घटेका छन् ।
आज १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटाको घटेको छ। यस्तै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यसदिनकाे काराेबारमा मिडसाेलु हाइड्राेपावरकाे सेयर मूल्य १४.९९ प्रतिशत बढेकाे छ।
















