६ आश्विन २०८३, मंगलबार

द अल-न्यू हुण्डाई भेन्यू अब भैरहवा, बुटवल र दाङमा



काठमाडौं। हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा भित्रिएको छ। यो सँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुण्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन पाउने छन्।

अल न्यू भेन्यूको आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिन्छ। यसको फराकिलो र बलियो डिजाइनलाई ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बाइनेशन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी-पिलर गार्निशले अझ आकर्षक बनाएको छ। 

गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट-एन्ड-स्लाइड सनरुफ जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

कार्य सम्पादनका लागि अल न्यू भेन्यूमा काप्पा १.२ लिटर एमपीआई पेट्रोल र काप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज कार्य सम्पादनदेखि अझ बढी तत्काल प्रतिक्रिया दिने उच्च गतिको कार्यक्षमतासम्मको विकल्प ग्राहकलाई प्रदान गर्छ। 

सुरक्षालाई विशेष ध्यान दिँदै अल न्यू भेन्यूमा ६ एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, सवारी साधन स्थिरता व्यवस्थापन र हिल-स्टार्ट असिस्ट नियन्त्रण जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।

नेपाली बजारमा यो गाडीको मूल्य ४८.९६ लाखको सुरुवाती मूल्यमा उपलब्ध छ। यो गाडी मुख्यतया तीन वटा भेरियन्टमा उपलब्ध छ। जसमा एचएक्स २ (११९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (११९७ सीसी पेट्रोल), एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन्।

ग्राहकहरूले सोरुममै पुगेर यसको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फर्मेन्सलाई नजिकबाट अनुभव गर्नुका साथै थप जानकारी लिन सक्ने छन्।