७ आश्विन २०८३, बुधबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलाको ?



काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ समान्य बढेको छ। हिजो तोलमा १७०० रुपैयाँले घटेको सुन आज प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा किनबेच भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैया बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८१५ रुपैयाँ तोकिएको छ ।