८ आश्विन २०८३, बिहिबार

सानिमा मिडल तमोर हाइड्रोपावरले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने



काठमाडौं। सानिमा मिडल तमोर हाइड्रोपावरले आफ्ना सेयरधनीलाई दिने नगद लाभांश घोषणा गरेको छ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/०८३ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीकाे ५.२६ प्रतिशत नगद लाभांश सेयरधनीलाई बाँड्ने निर्णय गरेकाे हाे । कम्पनीको अहिले चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ छ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गतेका लागि साधारण सभाको मिति तय गरेको छ। साधारण सभा प्रयोजनका लागि १९ गते बुक क्लोज मिति तोकिएको छ।बुक क्लोज अघि कायम सेयरधनीले कम्पनीको प्रतिफल पाउनेछन्।