८ आश्विन २०८३, बिहिबार

ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत



काठमाडौँ। नेकपा एमालेले ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहित ७ जना वरिष्ठ नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। 

आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थानीय कमिटी सदस्यमा मनोनीत गरेको हो।

सचिवालय बैठकले मनोनीत गरेको ७ जनाकाे नाम आगामी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

यस्तै बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता समेत प्रस्ताव गरेको छ।